हिरासतमा दुर्व्यसनी

कविता

हिरासतमा दुर्व्यसनी

हलो जोतेँ, ट्याक्टर जोतेँ
पारेँ धुलीमाटी ।
आकाश–धर्ती सबै जोडेँ
कैँ बनेन थाती ।

पसिना र श्रम मेरो
नबगेको होइन ।
जति जीवन पिने पनि
सुख मिलेको होइन ।

जीवन हाम्रो फुल्ने–फल्ने
दुःख जाने दिन ।
कहिले आउला नेपालीले
खुसी हुने दिन ?
००

१८ माघ, २०७७ -ललितपुर हिरासत
(हिरासतमा परेको दुर्व्यसनीसँगको कुराकानी)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :