दोलखामा निर्वाचन केन्द्रनजिकै नेकपा (बहुमत) को कोणसभा

दोलखामा निर्वाचन केन्द्रनजिकै नेकपा (बहुमत) को कोणसभा

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले आज शैलुङ गाउँपालिका वडा नम्बर ७ को निर्वाचन बुथको २०० मिटर दूरीमा अवज्ञा कोणसभा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख बक्ता दोलखा–सिन्धुपाल्चोक जिल्ला इन्चार्ज विनयराज शर्मा थिए । कार्यक्रममा जिल्लास्तरीय नेता–कार्यकर्ता र सर्वसाधारण उपस्थित थिए ।

कार्यक्रमस्थलबाटै मतदान गर्न हिँडेका १०० जनाभन्दा बढी मतदातालाई घर फर्काइएको नेकपा बहुमत दोलखाले जनाएको छ ।

कोणसभालाई सम्वोधन गर्दै प्रमुख वक्ता पार्टी जिल्ला इन्चार्ज विनयले यो व्यवस्थामा गएर भोट हाल्नु भनेको मुठीभर दलालहरूको पक्षपोषण गर्नु रहेको बताए । उनले मत दिएर राष्ट्रघात, जनघात र भ्रष्टाचार गर्नेलाई लाइसेन्स नदिन आह्वान गर्दै जनवादसहितको वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने महान् अभियानमा गोलबद्ध हुन जनसमुदायलाई आह्वान गरे ।

काण्डैकाण्डमा मुछिएका राजनीतिक दलका उम्मेदवारलाई भोट नहाली यसलाई सशक्त अवज्ञा गर्नुपर्ने उनले बताए । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन पार्टी जिल्ला संयोजक अन्जान लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :