नेकपा (बहुमत) सिन्धुपाल्चोकले सङ्गठन बिस्तार अभियान अन्तरर्गत भित्ते लेखनलाई तिब्रता दिँदै

नेकपा (बहुमत) सिन्धुपाल्चोकले सङ्गठन बिस्तार अभियान अन्तरर्गत भित्ते लेखनलाई तिब्रता दिँदै

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिन्धुपाल्चोक जिल्लाले भित्ते लेखन अभियानलाई तिब्रता दिएको छ । नेकपा (बहुमत) का नेताकार्यकर्ता जिल्ला इन्चार्ज र जिल्ला संयोजकको उपस्थितिमा सिन्धुपाल्चोक जिल्लाको गुफा डाडा, गैरि घ्याङ, लहरे माने, इन्द्रावती गाउँपालिकाको नवलपुर बजार साथै विभिन्न ठाउँमा नारा लेख्दै आफ्नो दुइ महिने जनजागरण सङ्गठन बिस्तार अभियानलाई तिब्रता दिएको जिल्ला इन्चार्ज बिनय राज शर्माले जानकारी दिएका छन् ।

भित्ते लेखन अभियानमा नेकपा (बहुमत) जिन्दावाद, स्वाधीन संयुक्त सरकार गठन गर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यबस्था गर, भ्रष्टाचारीलाई कारवाही गरौँ, व्यक्ति हैन सत्ता बदलौँ–सुधार हैन आमूल परिवर्तन गरौँ जस्ता नारा लेखेका थिए ।

करिब १५० जनाको उपस्थितिमा उद्घाटन भएको जनजागरण तथा सङ्गठन बिस्तार अभियानमा अहिले सम्म पार्टी सेल कमिटी दुइ वटा र नौ वटा जबस मोर्चाको सेल कमिटी बनेको बताएको छ । अहिले १५ जनाको टोली अभियानसँगै हिडेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :