भोलि हुने भनिएको चुनाव अवज्ञा गर्न नेकपा (बहुमत) को आह्वान

भोलि हुने भनिएको चुनाव अवज्ञा गर्न नेकपा (बहुमत) को आह्वान

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले मङ्सिर ४ को चुनाव अवज्ञा गर्न अपिल गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

इन्चार्ज विनयराज शर्मा र संयोजक अन्जान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कथित सङ्घ र प्रदेशको चुनावमा भाग लिएर मतदान गर्नु भनेको एमसीसी, एसपीपी, हिन्द प्रशान्त रणनीति क्ष्एक् र राष्ट्रघाती नागरिकता विधेयक पास गर्ने दलका उम्मेदवारलाई पुनः ५ वर्षका लागि अनुमतिपत्र दिनुबराबर हो । तसर्थ आमदोलखाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी मित्रहरूलाई चुनाव अवज्ञा गर्न हार्दिक अपिल गर्दछौँ र यसको विकल्पमा जनवादसहितको वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने महान् बाटोमा गोलबद्ध हुनसमेत आग्रह गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :