दलाल व्यवस्थासँग लड्ने उद्घोष गर्दै नेकपा (बहुमत) दोलखाले गर्यो अभियान उद्घाटन

दलाल व्यवस्थासँग लड्ने उद्घोष गर्दै नेकपा (बहुमत) दोलखाले गर्यो अभियान उद्घाटन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले शैलुङ ८ मा ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन गरेको छ ।

कार्यक्रममा जिल्ला संयोजक अन्जानले दलाल पुँजीवादी व्यवस्थाले जनतालाई महँगी, भ्रष्टाचार र बेथिति मात्रै दिएकाले यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । उनले त्यसका लागि प्रत्यक्ष कार्यकारी प्रमुख जनताले चुन्न पाउनुपर्ने पनि प्रस्ट पारे ।

जनतन्त्र र जनजीविकाका विषयमा जनताले अधिकार प्राप्त गर्न दलालहरूसँग लड्नुपर्ने अन्जानको भनाइ थियो ।

कार्यक्रम शैलुङ गाउँपालिका इन्चार्ज सुरजको अध्यक्षता, जिल्ला संयोजक अन्जानको प्रमुख आतिथ्य र विशालको सञ्चालनमा सम्पन्न भएको थियो ।

अभियान उद्घाटनकै क्रममा रामकृष्ण विकको संयोजकत्वमा नेकपा (बहुमत) को ७ सदस्यीय वडा समिति गठन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :