निर्वाचन अवज्ञा गर्न आह्वान गर्दै नेकपा (बहुमत) दोलखाले निकाल्यो मशाल जुलुस

निर्वाचन अवज्ञा गर्न आह्वान गर्दै नेकपा (बहुमत) दोलखाले निकाल्यो मशाल जुलुस

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले मङ्सिर ४ को संसदीय चुनाव अवज्ञा गर्न आह्वान गर्दै चुनावको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेको छ । दोलखाका ९ वटै स्थानीय तहमा शनिबार साँझ मशाल जुलुस निकालिएको पार्टीले जनाएको छ ।

१९०० जनाभन्दा बढीलाई चुनाव अवज्ञा गर्न आह्वान गर्दै पर्चा वितरण गरिएको, चुनाव अवज्ञाका पक्षमा जिल्लाभरि ३०० भन्दा बढी पोस्टर टाँसिएको, ३०० भन्दा धेरै घरमा पुगेर कथित सङ्घ र प्रदेशको चुनावमा भाग नलिन आग्रह गरिएको पनि नेकपा (बहुमत) दोलखाले जनाएको छ ।

यो चुनाव संसद्वादी दलका नेताहरूलाई राष्ट्रघात, जनघात, महँगी, भ्रष्टाचार गर्ने लाइसेन्स दिने प्रक्रिया भएकाले यसको अवज्ञा गर्नुपर्ने भन्दै नेकपा (बहुमत) ले देशभर अवज्ञा कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :