दाङमा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) द्वारा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन

दाङमा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) द्वारा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन

दाङ : दाङमा मतदान चलिरहँदा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ ।

नेकपा (बहुमत) दाङले जिल्लाको क्षेत्रीय बजार साबिक राप्ती अञ्चल सदरमुकाम तुलसीपुर र जिल्ला सदरमुकाम घोराहीमा रहेको मतदान केन्द्रनजिकै प्रदर्शन गरेको हो ।

नेकपा बहुमतले संसदीय निर्वाचनको मतदानलाई अवज्ञा गर्न आह्वान गर्दै दाङको क्षेत्रीय सहर तुलसीपुर र जिल्ला सदरमुकाम घोराहीमै अवज्ञा सभा गरेको छ । नेकपा (बहुमत) दाङले अवज्ञा र्यालीसहित प्रदर्शन गर्दै कोणसभा गरेको हो ।

उक्त कोणसभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङका संयोजक वीरेन्द्र विकले वर्तमान पुँजीवादी संसदीय व्यवस्थाको निर्वाचनले दलालहरुलाई लुटिखाने वैधानिक लाइसेन्स मात्र दिने भएकाले अवज्ञा गरी वैज्ञानिक समाजवादी व्यवस्थाका लागि अघि बढ्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :