नेकपा (बहुमत) द्वारा मतपेटिका तोडफोड

नेकपा (बहुमत) द्वारा मतपेटिका तोडफोड

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज भएको संसदीय चुनाव अवज्ञा गर्ने नीतिअनुसार मतपेटिका फुटाएको छ । नेकपा (बहुमत) ले कास्कीको माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान उपकेन्द्रमा रहेको मतदान केन्द्रको मतपेटिका फुटाएको हो ।

नेकपा (बहुमत) का कार्यकर्ताले मतदान केन्द्रमा नै प्रवेश गरी मतपेटिका फुटाएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :