संसदीय चुनाव सशक्त अवज्ञा गर्न नेकपा (बहुमत) को आह्वान

चुनाव अवज्ञा गरी स्वाधीन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन अग्रसर बनौँ : सुदर्शन

संसदीय चुनाव सशक्त अवज्ञा गर्न नेकपा (बहुमत) को आह्वान

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले संसदीय चुनाव अवज्ञा गर्न जनसमुदायलाई आह्वान गरेका छन् । शनिबार जनसमुदायका नाउँमा अपिल जारी गर्दै प्रवक्ता सुदर्शनले भनेका छन्, ‘हाम्रो आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासका अवरोधहरूलाई मतदान गरी अवरोध हटाउन ढिला नगरौँ । यो कुनै मतदान होइन, यो वास्तवमा मत दुरुपयोग हुन जान्छ ।’

प्रवक्ता सुदर्शनले नवउदारवादी अर्थव्यवस्था र दर्शनबाट निर्देशित पुँजीवादी संसदीय राजनीतिक प्रणाली नेपाली श्रमजीवी तथा उत्पीडित वर्गका लागि आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासको छेकबार बनेर उभिएको प्रस्ट पार्दै भनेका छन्, ‘यसको विकल्प भनेको जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी व्यवस्था हो ।’

प्रवक्ता सुदर्शनले अगाडि भनेका छन्, ‘हामीले यो मतदानमा भाग लिने हो भने दलाल पुँजीवादका पहरेदारहरू, सहश्राब्दी चुनौती निगम (एमसीसी) लगायत असमान तथा राष्ट्रघाती सन्धिसम्झौताका अपराधीहरू, पौने करोड नेपालीहरूको रगत–पसिनाबाट आएको विप्रेषण डकार्नेहरू, मानव तस्करहरू, शिक्षा तथा स्वास्थ्यका माफियाहरूलाई झन् बलियो बनाउनेछौँ । यसपालि हामी भूल नगरौँ । मङ्सिर ४ गते हुने प्रदेश तथा सङ्घीय चुनाव अवज्ञा गरी स्वाधीन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने मार्ग प्रशस्त गरौँ ।’

प्रवक्ता सुदर्शनद्वारा जारी अपिलको पूर्ण विवरण यसप्रकार रहेको छ :

चुनाव अवज्ञा गर्न जनसमुदायमा अपिल !

नवउदारवादी अर्थव्यवस्था र दर्शनबाट निर्देशित पुँजीवादी संसदीय राजनीतिक प्रणाली नेपाली श्रमजीवी तथा उत्पीडित वर्गका लागि आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासको छेकबार बनेर उभिएको छ । यसको विकल्प भनेको जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी व्यवस्था हो भन्दै नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले यो व्यवस्थाअन्तर्गत हुने चुनाव अवज्ञा गर्ने कार्यक्रम कार्यान्वयन गरिरहेको सर्वविदितै छ । यसक्रममा हामीले क्रान्तिकारी पार्टीहरूका संयुक्त तथा एकल कार्यक्रमहरू अघि बढाइरहेका छौँ ।

इतिहासका निर्माता आदरणीय जनसमुदायलाई के अनुरोध गर्न चाहन्छौँ भने हाम्रो आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासका अवरोधहरूलाई मतदान गरी अवरोध हटाउन ढिला नगरौँ । यो कुनै मतदान होइन, यो वास्तवमा मत दुरुपयोग हुन जान्छ । हामीले यो मतदानमा भाग लिने हो भने दलाल पुँजीवादका पहरेदारहरू, सहश्राब्दी चुनौती निगम (एमसीसी) लगायत असमान तथा राष्ट्रघाती सन्धिसम्झौताका अपराधीहरू, पौने करोड नेपालीहरूको रगत–पसिनाबाट आएको विप्रेषण डकार्नेहरू, मानव तस्करहरू, शिक्षा तथा स्वास्थ्यका माफियाहरूलाई झन् बलियो बनाउनेछौँ । यसपालि हामी भूल नगरौँ । मङ्सिर ४ गते हुने प्रदेश तथा सङ्घीय चुनाव अवज्ञा गरी स्वाधीन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने मार्ग प्रशस्त गरौँ । दलाल पुँजीवादी राज्यसत्ता र नेपाली श्रमजीवी तथा उत्पीडित जनताबीचको अन्तरविरोध यसैबाट मात्र समाधान हुन्छ ।

दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा गरौँ !
वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :