काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन

अखिल क्रान्तिकारीका केन्द्रीय सचिवलगायत कयौँ गिरफ्तार

काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन

काठमाडौँ : संसदीय व्यवस्थाको चुनाव जनतालाई धोका भएको भन्दै अखिल क्रान्तिकारीले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनस्थलबाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नवराज भट्टसहितको टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

दलाल संसदीय व्यवस्थापको निर्वाचनले देशलाई महँगी, भ्रष्टाचार र राष्ट्रघात थप्ने भएकाले निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै माइतीघरमा प्रदर्शन गरिरहेका विद्यार्थी सङ्गठनका नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :