अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निर्मला खड्का निर्वाचित

अखिल (क्रान्तिकारी) दाङको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निर्मला खड्का निर्वाचित

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) दाङको २५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्मला खड्का ‘निरु’ निर्वाचित भएकी छिन् । शुक्रबार तुलसीपुरमा सम्पन्न भएको सम्मेलनबाट अध्यक्षमा निर्मला खड्का ‘निरु’, उपाध्यक्षमा शेखर बस्नेत र अनिता खड्का, सचिवमा प्रशुराम रोका क्षेत्री, सह–सचिवमा सिमा बिक र लक्ष्मी नेपाली, कोषाध्यक्षमा कमल पुन लगायत ३३ सदस्यीय दाङ जिल्ला कमिटी निर्वाचित भएको छ ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि मिलन राईले दलाल राज्य सत्ताले संरक्षण गरेको शिक्षा व्यापारीकरणका विरुद्ध निर्मम सङ्घर्ष गरिने उद्घोष गर्दै अवैज्ञानिक शिक्षाको खारेजी गरिने प्रस्ट पारे । वैज्ञानिक समाजवादी क्रान्तिबाट स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र विद्यमान शैक्षिक, दोहन र सम्पूर्ण बेथितिको अन्त्य हुने धारणा राख्दै देशको महँगो शिक्षा कै कारण धरै विद्यार्थी शिक्षाबाट बन्चित हुनु परेकोले महँगो अवैज्ञानिक शिक्षा तत्काल खारेज गरिनुपर्ने बताए ।

त्यस्तै पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलक पुनले जिल्लामा शिक्षा स्वास्थ लगायत दैनिक उपभोग्य बस्तुहरूमा चरम बेतिथीहरू मौलाइरहेको बताउँदै नियन्त्रणका लागि विद्यार्थी संगठनले विशेष भुमिका खेल्न आग्रह गरे । दलाल, भुमाफिया, कालोबजारीया, तस्करहरूलाई संरक्षण गर्ने दलाल राज्यसत्ताको अन्त्य गर्न र वैज्ञानिक समाजवादी राज्य स्थापन गर्न सबै युवा विद्यार्थीहरू आन्दोलनमा सहभागी हुनुपर्ने बताए ।

त्यस्तै कार्यक्रमा दाङ जिल्ला पार्टी संयोजक बिरेन्द्र, अर्घाखाँची जिल्ला पार्टी संयोजक बारुद लगायतले आफ्नो भनाई राखेका थिए भने युवा जनस्वयसेवक जिल्ला अध्यक्ष अजय लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता निर्मला खड्का ‘निरु’ रहेको थियो भने सञ्चालन संगठनका केन्द्रीय सदस्य तथा नवलपुर÷नवलपरासी जिल्ला इन्चार्ज सन्देश र प्रशुराम क्षेत्रीले गरेका थिए । स्वागत मन्तव्य हेमराजको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :