भीमकला बुढाथोकीप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

भीमकला बुढाथोकीप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपा (बहुमत) ले नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ की आमा भीमकला बुढाथोकीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले शोक वक्तव्य जारी गरी आमा भीमकलाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुशीललगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रवक्ता सुदर्शनद्वारा आइतबार जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) का केन्द्रीय अध्यक्ष कमरेड कर्णजित बुढाथोकी ‘सुशील’ की आमा भीमकला बुढाथोकीको ८५ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले हाम्रो पार्टी मर्माहत भएको छ । महान् जनयुद्धकालदेखि नै हुम्लालगायत कर्णाली क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका सर्केगाड ६ बराई, हुम्ला निवासी क. सुशीलकी आमाप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुःखद् घडीमा क. सुशीललगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’ शोक वक्तव्यको पूरा पाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :