क्रान्तिकारीहरू एकताबद्ध हुन आवश्यक छ : सार्दुल

क्रान्तिकारीहरू एकताबद्ध हुन आवश्यक छ : सार्दुल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान २०७९ को क्रममा जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको हो । सोमबार सम्पन्न उक्त भेलाले चिरागको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्माण गरेको छ । भेलालाई उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज सार्दुलले व्यक्तिगत स्वार्थको लागि नागरिकता बेच्ने र राष्ट्रियता बेच्ने नवऔपवेशिक दलाल नोक्करशाही पुँजीवादी संसदीय सत्तालाई अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । वैज्ञानिक समाजवादी व्यवस्थामा सम्पुर्ण मानवजातिको हित हुने भएको हुँदा सो व्यवस्था निर्माणका लागि क्रान्तिकारी वामपन्थीहरु एकताबद्ध भएर लड्नु पर्ने शार्दुलको भनाई छ । जिल्ला कार्यसमिति निर्माणको अध्यक्षता तथा संचालन चिरागले चिरागले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :