वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुन क्रान्तिकारी किसान महासङ्घको अपिल

वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुन क्रान्तिकारी किसान महासङ्घको अपिल

लुम्बिनी : अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घको चौथो पूर्ण बैठक अर्घाखाँचीको शीतगङ्गामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिका रूपमा नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन र अन्य अतिथिहरूमा नेकपा (बहुमत) का सचिवालय सदस्य तथा किसान महासङ्घका फ्याक्सन इन्चार्ज शार्दूल, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू शेरमान, शीतललगायत उपस्थित थिए ।

बैठकमा प्रमुख अतिथि कञ्चनले नेपालको कम्युनिस्ट आन्दोलनमा किसानको उल्लेखनीय सहभागिता रहेको बताए । उनले भने, ‘कम्युनिस्ट आन्दोलन सुधारवादमा गएकाले किसानका समस्या समाधान हुन सकिरहेका छैनन् । दलाल संसदीय व्यवस्थाले किसानको समस्या हल गर्न सक्दैन । त्यसैले वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण किसान एकताबद्ध भई वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी हुनु आवश्यक छ ।’

बैठकमा फ्याक्सन इन्चार्ज शार्दूलले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ।

बैठकले भदौ १ गतेदेखि कात्तिक १५ गतेसम्म किसान जागरण अभियान चलाउने र किसानको हकहितका लागि सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

बैठकको अध्यक्षता सङ्गठनका अध्यक्ष हरि श्रेष्ठले र सञ्चालन महासचिव सागर अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :