महँगी, भ्रष्टाचार र तस्करीविरुद्ध सङ्घर्ष जारी राख्ने निर्णय गर्दै नेकपा (बहुमत) लुम्बिनी ब्युरोको बैठक सम्पन्न

महँगी, भ्रष्टाचार र तस्करीविरुद्ध सङ्घर्ष जारी राख्ने निर्णय गर्दै नेकपा (बहुमत) लुम्बिनी ब्युरोको बैठक सम्पन्न

रूपन्देही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोको बैठक महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, मिटरब्याजलगायत समस्या र विकृतिविरुद्ध सङ्घर्ष सञ्चालन गर्ने निर्णय गर्दै शनिबार सम्पन्न भएको छ । बैठकले नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य, जिल्ला संयोजकहरू चयन, सङ्गठनात्मक जिम्मेवारी हेरफेर गर्नुका साथै जिम्मेवारी बाँडफाँटसमेत गरेको छ ।

बैठकले महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, मिटरब्याजलगायत समस्याका कारण आमनागरिकले दुःख पाइरहेकाले यसकिसिमका शोषण र विकृतिविरुद्ध जनताको साथमा सङ्घर्ष गर्ने निर्णय गरेको छ । प्राकृतिक दोहन, राष्ट्रघात, जनघातविरुद्ध र राजनीतिक स्थिरता, शान्ति र समृद्धिका लागि सङ्घर्ष गर्दै स्वाधीन संयुक्त सरकार निर्माणका लागि पहल गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा नेकपा (बहुमत) निर्माणदेखि लुम्बिनी ब्युरोको प्रशिक्षणसम्मका घटना र गतिविधिको समीक्षात्मक रिपोर्टिङ ११ जिल्लाका संयोजक र नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरूले राखेका थिए । प्रकाशन तथा प्रचारप्रसार, स्कुलिङ, प्रशिक्षण, अन्तरक्रिया कार्यक्रमहरू गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकको अध्यक्षता तथा सञ्चालन ब्युरो इन्चार्ज शार्दूलले गरेका थिए । नवौँ महाधिवेशन आयोजक समितिकी सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय भेला आयोजक समितिकी संयोजक अञ्जना तामाङले प्रशिक्षणमूलक मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :