पाल्पामा एमसीसीविरुद्ध ६ दलको कोणसभा सम्पन्न

पाल्पामा एमसीसीविरुद्ध ६ दलको कोणसभा सम्पन्न

पाल्पा : पाल्पामा एमसीसीविरुद्ध ६ दलले कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । एमसीसी सम्झौता विरुद्ध गरिएको आजको प्रदर्शन कार्यक्रम तानसेनको बर्तुङ्ग चोकमा भएको थियो।

प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामी राष्ट्र प्रेमि शक्तिहरू देश बचाउन पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने बताए । उनले नेपाली काँग्रेसले एमसीसी पास गर्न लागेकोमा आपत्ति जनाए । उनले यदि एमसीसी पास गरिए जनताले एमसीसीका र पास गर्ने दलका कार्यालयहरू ध्वस्त गर्ने बताए । एमाले कम्युनिस्ट भएर पनि एमसीसीका बिषयमा चु समेत नबोलेकोमा आश्चर्य लागेको बताउँदै उनले उहाँ अझै कम्युनिस्ट बनेर हिडिराख्न अब एमालेलाई कुनै नैतिकता समेत नदिएको बताए । उनले माओवादी केन्द्र भुमिगत शैलीमा एमसीसी पास गराउन लागिपरेको बताए ।

माओवादीका केही प्रदर्शनहरू बार्गेनिङका लागि भएको समेत बताउँदै उनले मुख्य दलका नेतृत्वहरूका कारण देश संकटमा पर्न लागेको हुँदा आम जनसमुदाय आन्दोलनमा उठ्नु पर्ने बताए ।

उक्त कार्यक्रम सञ्चालन नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लंकबहादुर रानाले गरेका थिए भने कार्यक्रम प्लेकार्डसहित नेता कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न भएको भनेर नाराबाजी पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :