राष्ट्रघाती एमसीसी पास गरिए राष्ट्रिय मुक्ति युद्ध : मौसम

राष्ट्रघाती एमसीसी पास गरिए राष्ट्रिय मुक्ति युद्ध : मौसम

इलाम : शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदमा टेवल गर्न खोजेपछि आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी लगायतका दल र मोर्चाहरूले इलामको सदरमुकाममा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादि पार्टी र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा भएको उक्त प्रदर्शनमा नेकपा इलामका सेक्रेटरी मौसमले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर यो देशमा बिदेशिहरूको हैकम लाद्न खोजिए राष्ट्रिय मुक्ति युद्ध सुरु हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले लिने बताए ।

उनले कुनै पनि हालतमा नेपालमा एमसीसी सम्झौता पास गर्न नहुने कुरा बताउँदै पास गरिए पास गर्ने नेताहरूलाई जनताले जिउँदो नछाड्ने कुरा राखे । सबै जनतालाई जागरुक भएर एमसीसी बिरुद्धको संघर्षमा होमिन अपिलसमेत गरेका छन् ।

प्रदर्शनपछि भएको कोणसभामा नेकपा क्रान्तिकारी माओवादीका इलाम जिल्ला सचिब रुद्र सांङ्गपाङ्ग र बैज्ञानिक समजावादीका मंगेस लकान्द्रीले भनाई राखेका थिए । कोण सभाको सञ्चालन नेकपा इलामका जिल्ला सदस्य बिमल आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :