काठमाडौँमा प्रहरीको घेरा तोड्दै प्रदर्शन, बानेश्वरमा राजनीतिक दलका नेताको सम्बोधन सुरु

काठमाडौँमा प्रहरीको घेरा तोड्दै प्रदर्शन, बानेश्वरमा राजनीतिक दलका नेताको सम्बोधन सुरु

काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध काठमाडौँ नयाँबानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन जारी छ । ६ राजनीतिक दल, दुई मोर्चाका नेता–कार्यकर्ता र स्वतन्त्र रूपमा एमसीसीको विरोधमा सडकमा उत्रिएका ठूलो सङ्ख्याका देशभक्त नागरिकहरू प्रदर्शनमा सहभागी छन् ।

नयाँबानेश्वरमा एमसीसीविरुद्ध सम्बोधन सुरु भएको छ । प्रदर्शनमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, नेकपा मसाल, राजमो नेपाल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका साथै विभिन्न सङ्घसंस्थामा आबद्ध देशभक्त जनता सहभागी छन् ।

देउवा सरकारले प्रदर्शनकारीलाई रोक्न बिजुलीबजारसमै प्रहरी घेरा कायम गरेको थियो तर जनताको शक्तिअगाडि उसको केही लागेन । प्रदर्शनकारीले प्रहरी घेरा तोडेर नयाँबानेश्वरमा प्रदर्शन गरिरहेका छन् ।

सरकारले आज प्रदर्शनकारीलाई रोक्न बिजुलीबजारसम्मै प्रहरीको घेरा बनाएको थियो । संसद् भवनवरिपरि पनि आज प्रहरीको घेरा व्यापक बनाइएको छ । सरकारले प्रहरीको सङ्ख्या जति बढाए पनि ६ राजनीतिक दल, दुई मोर्चा र स्वतन्त्र रूपमा एमसीसीको विरोधमा सडकमा उत्रिएका ठूलो सङ्ख्याका देशभक्त नागरिकहरू बानेश्वरमा पुगेर एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :