युवा नेता लक्ष्मण थारूलाई बिनासर्त रिहा नगरिए परिणाम गम्भीर हुने नेकपा (बहुमत) रूपन्देहीको चेतावनी

युवा नेता लक्ष्मण थारूलाई बिनासर्त रिहा नगरिए परिणाम गम्भीर हुने नेकपा (बहुमत) रूपन्देहीको चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) रूपन्देहीले मिटरब्याजी शोषणविरुद्ध आन्दोलनका क्रममा छलफलमा गएका पार्टीका जिल्ला सदस्य तथा युवा जनस्वयम्सेवक नेपाल, रूपन्देही कार्यालय सदस्य लक्ष्मण थारूलाई अविलम्ब रिहा गर्न प्रशासनसँग माग गरेको छ ।

पार्टी जिल्ला संयोजक सुनिलले प्रेस वक्तव्य जारी गर्दै युवा नेता थारूको नेतृत्वमा तिलोत्तमा १७ बस्ने गोरे पण्डित भनेर चिनिने मिटरब्याजी रामदास मिश्र र छोरा शिवम् मिश्रसँग छलफल भएको र छलपफलबाट अतालिएर लक्ष्मण थारूलाई राती घरमा सुतिरहेको बेला षड्यन्त्रपूर्ण ढङ्गले गिरफ्तार गराएको भन्दै बिनासर्त तत्काल रिहा नगरिए परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । सुनलिले षड्यन्त्रपूर्वक गिरफ्तार गरिएका लक्ष्मण थारूलाई बिनासर्त तत्काल रिहा गर्न प्रहरी प्रशासनसमक्ष माग गर्दै अन्यथा जनसङ्घर्षबाट आउने परिणामको जिम्मेवार सम्बन्धित निकाय नै हुने पनि जनाएका छन् ।

संयोजक सुनिलद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘गौरवपूर्ण बलिदान र सङ्घर्षबाट स्थापित हाम्रो पार्टी नेकपा (बहुमत) ले क्रान्तिकारी आन्दोलनमा धोका, आत्मसमर्पणविरुद्ध भीषण सङ्घर्ष गर्दै निरन्तर क्रान्तिको झन्डा उठाइरहेको छ । साम्राज्यवादी शक्ति र तिनका कठपुतली सरकारका कारण देशमा चौतर्फी सङ्कट बढिरहेको छ । सत्ता सञ्चालकहरू भ्रष्टाचार र कमिसनमा चुर्लुम्म डुबेका छन् । राष्ट्रियता, जनजीविका र जनतन्त्र सङ्कटमा छन् । अर्थतन्त्र डामाडोल छ । आमश्रमजीवी जनता महँगी, कालोबजारी, अन्याय, शोषण र विभेदको चपेटामा छन् । मिटरब्याज र लघुवित्तको आतङ्क घरघरमा पुगेको छ । हाम्रो पार्टीले देशमा बढिरहेको भ्रष्टाचार, दलाली, कालोबजारी, मिटरब्याजी आतङ्कविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेको अवगत नै छ ।’

वक्तव्यमा भनिएको छ, ‘यसै सन्दर्भमा जनताको उठीबास हुने गरी रूपन्देही जिल्लामा बढिरहेको मिटरब्याजी आतङ्कका विरुद्ध हाम्रो पार्टीले सशक्त ढङ्गले सङ्घर्ष गरिरहेको छ । मिटरब्याजपीडित जनताले हाम्रो पार्टीमा न्यायका लागि निवेदन दिएपछि पार्टीका जिल्ला सदस्य तथा युवा जनस्वयम्सेवक नेपाल, रूपन्देही कार्यालय सदस्य कमरेड लक्ष्मण थारूको नेतृत्वमा तिलोत्तमा १७ बस्ने गोरे पण्डित भनेर चिनिने मिटरब्याजी रामदास मिश्र र छोरा शिवम् मिश्रसँग छलफल भएको थियो । यसबाट अतालिएर कमरेड लक्ष्मण थारूलाई राती घरमा सुतिरहेको बेला षड्यन्त्रपूर्ण ढङ्गले गिरफ्तार गराएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । षड्यन्त्रपूर्बक गिरफ्तार हुनुभएका कमरेड लक्ष्मण थारूलाई बिनासर्त तत्काल रिहा गर्न हाम्रो पार्टी प्रहरी प्रशासनसमक्ष माग गर्दछ । अन्यथा जनसङ्घर्षबाट आउने परिणामको जिम्मेवार सम्बन्धित निकाय नै हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :