मिटरब्यजीबिरुद्व सङ्घर्ष गर्ने चेतावनी दिँदै युवा जनस्वयमसेवकले बुझायो ज्ञापनपत्र

मिटरब्यजीबिरुद्व सङ्घर्ष गर्ने चेतावनी दिँदै युवा जनस्वयमसेवकले बुझायो ज्ञापनपत्र

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयमसेवक नेपाल जिल्ला समिति दाङले मिटर ब्याज असुल्ने सुदखोरहरूका बिरुद्ध निर्मम सङ्घर्ष गर्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला संय‍ोजक अजय दुलाल नेतृत्तोको टोलीले महँगीका कारण जनताहरूको घरमा साँझ बिहान चुलो बल्न नसक्ने अबस्थामा पुगेको भन्दै स्वास्थ्य शिक्षामा क्षेत्रमा चरम लुटपाट भैरहदा पनि सत्ता सञ्चालकको मिलेमत्तोमा दलालहरूले छुट पाएको बताउँदै दलाल, भष्ट्राचारी, कालोबजारी, राष्ट्रघाती, मिटर ब्याजीका बिरुद्ध निर्मम सङ्घर्ष गर्ने जानकारी दिँदै जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।

कालो धनको धन्दा चलाई अकुत आर्जनको साम्राज्य खडा गरेका सुदखोरहरूले सोझासिधा जनतालाई अत्याआबश्यक रकम ऋण दिएको बाहानामा त्यसमाथि कृते तमसुक चेक बनाई लुटपाट गरेका छन् । जनताको उठिबास लगाउने मिटरब्याजीको आतङ्क गाउँदेखि शहरसम्म समस्याका रुपमा देखा परेका छन् । २० हजार ऋण दिएर जाली तमसुकमार्फत ५० लाखसम्म असुलउपर गरेको जग्गा घरखेत हडपेर सर्वसाधरणको सर्वस्वहरण गरेको तथ्यहरू दिनानुदिन सार्वजनिक भैरहेका छन् । त्यसको संरक्षण प्रहरी प्रशासन, दलाल सत्ताका केही नेतादेखि केही कर्मचारीले गरेका छन् । विज्ञप्तिमा भनिएको छ ।

यस बिकारल समस्याले उत्पन्न गरेको परिस्थितिबारे हाम्रो सङ्गठन युवा जनस्वयमसेवक नेपाल गम्भीर बनेको छ । समस्या परेका सर्वसाधारणलाई ऋण दिने र प्रशासनको मिलेमत्तोमा मिटर ब्याज असुल्ने सुदखोर बिरुद्धमा देशब्यापी सङ्घर्षका कार्यक्रम तर्जुमा गर्नुपर्ने ठाउँमा पुगेका छौँ । सम्झौता गर्दा एक गर्ने पैसा असुल गर्दा कागज तमसुक र सम्झौता देखाएर राज्यकै संरक्षणमा मिटर ब्याजको धन्दा चलाएर बस्नेहरूको हर्कत तत्काल बन्द गरियोस् । विज्ञप्तिको अन्त्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :