अखिल (क्रान्तिकारी) सु.प.को बैठक सम्पन्न, “प्रज्वल सङ्गठन सुदृढीकरण” अभियान सञ्चालन गर्ने

अखिल (क्रान्तिकारी) सु.प.को बैठक सम्पन्न, “प्रज्वल सङ्गठन सुदृढीकरण” अभियान सञ्चालन गर्ने

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) सुदूर-पश्चिम प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । “विद्यार्थी सँगसँगै” भन्ने मुल नारासहित बुधबार सम्पन्न बैठककले सुदूर-पश्चिम प्रदेशका जिल्लाहरूमा दुई महिना विद्यार्थीहरूका बीचमा “प्रज्वल सङ्गठन सुदृढीकरण” अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

बैठक सङ्गठनका प्रदेश इन्चार्ज सुरेन्द्र धानुकको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सेती-महाकाली ब्युरो इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य महानको प्रमुख आतिथि र अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष विरेन्द्र शाहको विशिष्ट आतिथ्यतामा कैलालीको धनगढीमा सम्पन्न भएको हो । सुदूर-पश्चिम प्रदेशको विद्यार्थी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न र शिक्षा क्षेत्रको आमूल रुपान्तरणका लागि बैठकले लिएका तपशिल बमोजिमका केही महत्वपूर्ण निर्णयहरू यसप्रकार रहेको छ –

१) “विद्यार्थी सँगसँगै” भन्ने मुल नारासहित सुदूर-पश्चिम प्रदेशका जिल्लाहरूमा दुई महिना विद्यार्थीहरूका बीचमा “प्रज्वल सङ्गठन सुदृढीकरण” अभियान सञ्चालन गरिनेछ । यस अभियानमा जोडिन सम्पूर्ण आम विद्यार्थी मित्रहरूमा अपिल गर्दछौँ ।
२) सरकारी विद्यालयहरूमा लगाइएको शुल्क, खेताला शिक्षकको विगबिगी, शिक्षकहरूको लापरबाही र मनोमानी, विद्यालयको भौतिक संरचना निर्माणमा हुने भ्रष्टाचार, शिक्षा क्षेत्रसँग जोडिएको सार्वजनिक सम्पत्तिको दुरुपयोग र अन्य विभिन्न बेथितिका विरुद्धमा सङ्घर्ष गरिनेछ ।
३) निजी विद्यालयहरूले लिइरहेको चर्को शुल्क, तोकिएको छात्रवृत्ति नदिने समस्या र शिक्षा ऐन नीति नियम विपरीत मनोमानी तवरले सञ्चालन भइरहेका विद्यालयहरूका विरुद्धमा सङ्घर्ष गरिनेछ ।
४) सु.प.विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डा, परीक्षा नियन्त्रण कार्यालयसँग सम्बन्धित समस्या र विश्वविद्यालयमा भएका सम्पूर्ण बेथितिहरूका विरुद्धमा सङ्घर्ष सञ्चालन गरिनेछ ।
५) प्रस्तावित गेटा मेडिकल कलेजलाई तत्काल मेडिकल विश्वविद्यालय बनाउन राज्यसँग जोडदार माग गर्दछौँ ।
६) यातायातमा भाडादरमा विद्यार्थीहरूले पाउनु पर्ने ४५% सहुलियतका कार्यान्वयन गर्न सम्बन्धित निकाय र राज्यसँग माग गर्दछौँ ।
७) सु.प.प्रदेशमा भएका सम्पूर्ण सामाजिक विकृती विसङ्गतिहरू जस्तैः–जातीय विभेद, महिला हिंसा, जाँडरक्सी-जुवातास, लागूऔषध दुर्व्यसनीका विरुद्ध सङ्घर्ष सञ्चालन गरिनेछ ।
८) सु.प.प्रदेशका पहाडी जिल्लाहरूको स्वास्थ्य चौकीहरूमा आवश्यक स्वास्थ्यकर्मी पठाउन राज्यको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :