सत्ता नागरिकतासँग भोट साट्न चाहन्छ

कविता

लेखक : नन्दलाल खरेल

सत्ता नागरिकतासँग भोट साट्न चाहन्छ
चुनावको पूर्वसन्ध्या नागरिकता विधेयक पास हुन्छ ।१।
दलाल पुँजीवादी सत्ताको हर्कत अब प्रस्ट छ
मत किन्ने नयाँ औजार फेलापरेको छ ।२।
सबै संसदीय नेता अहिले मिलिभगतमा छ
दक्षिणी हावाले सबैलाई छोएको छ ।३।
सिनोको हड्डीमा लुछाचुँडी बढेको छ
दिल्ली दौडाहापछि संसद्ले फिजीकरणको बिउ रोपेको छ ।४।
लेन्डुपहरूलाई नागरिकको करले पाल्नुपरेको छ
सङ्घर्षमा ढिला गरे देश सिक्किमीकरण हुनेछ ।५।
सत्ता नागरिकसँग भोट साट्न चाहन्छ
राजनीतिक अवसरवाद र अस्थिरताका शृङ्खला उत्कर्ष छ ।६।
आमोद–प्रमोद र आपसी स्वार्थहरूको विनियम बढ्दो छ
स्वार्थहरूका प्राथमिकताहरू चरणबद्ध दर्बिलो छ ।७।
संसदीय नेताहरूका क्षमताहरू पूर्णतः धूलीसात भएको छ
समाजवादी कित्ताले अब देश बचाउनुपर्दछ ।८।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :