सहिद इन्दिरा तिवारी स्मृतिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, २८ युनिट रगत संकलन

सहिद इन्दिरा तिवारी स्मृतिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, २८ युनिट रगत संकलन

कास्की : अबिरल बर्षातकै बीचमा रक्तदान जिवनदान, जिवनदान महादान भन्ने मुल नारासहित १० बर्षे महान जनयुद्धका सहिद इन्दिरा तिवारीको स्मृतिमा आज पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट मानिने युवा जनस्वयंसेवक नेपाल कास्की र अनेरास्ववीयु (क्रान्तिकारी) कास्कीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

पोखराको पृथ्वीचोकमा भएको रक्तदान कार्यक्रममा झरीका बाबजुत पनि २८ युनिट रगत संकलन भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्की तथा स्याङ्जा जिल्ला इन्चार्ज गोकुल पराजुली लगायतले रक्तदान गरेका थिए ।

सहिद इन्दिरा तिवारीको स्मृतिमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा रेडक्रस कास्की तथा रक्त सञ्चार सेवाका वरिष्ठ प्राबिधिक महेन्द्र केसी, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष बिरेन्द्र पराजुली, नेकपा (क्रान्तिकारी माओवादी) का गण्डक सेक्रेटरी केशबहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।

यस्तै युवा जनस्वयंसेवक नेपाल कास्कीका संयोजक लोकेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रम, अनेरास्ववियु (क्रान्तिकारी) कास्की जिल्ला संयोजक गगन परियारले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :