नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको अध्यक्षमा पदम नेपाली

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको अध्यक्षमा पदम नेपाली

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीको विशेष भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्क भक्तिटोलाबाट सुरु भएको र्यालीको मसाल बालेर सङ्गठनका केन्द्रीय कोषाध्यक्ष दिपक विष्टले उद्घाटन गरेका थिए । र्याली बजारका विभिन्न चोकचोक परिक्रमा गरी सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै विष्टले नेपालमा परिवर्तनकारी युगान्तकारी सोंच राखेर आफूहरूले लामो समयदेखि देशमा भएका बेथिति अन्याय अत्याचार विरुद्ध आन्दोलन गरेता पनि, नेतृत्वमा आएको बैमानीले आन्दोलनलाई केही धक्का भएता पनि आफूहरूले कम्युनिस्ट पार्टीको पुनर्गठन गरेर जनताको बीचमा आएको बताउँदै अब संशोधनवाद र विसर्जनवादका विरुद्धमा जनताले आन्दोलन गरेर देशलाई नेपाली जनताले पुँजीवादी संशोधनवादबाट निर्मुल पारेर वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउने बताए । यस्तै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का जिल्ला सेक्रेटरी बारुदले नेपाली जनताले पुँजीवाद संशोदनवादीका विरुद्धमा आन्दोेलन गरेर देशलाई समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउने बताए ।

कार्यक्रमा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य माया नेपाली, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य इन्दु बली, नेकपा (बहुमत) सन्धिखर्क नगरपालिका इन्चार्ज गोविन्द खनाललगायतका नेताले शुभ–कामना मन्तव्य राखेका थिए । भेलाले पदम नेपालीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समितिसमेत चयन गरेको छ । जसको उपाध्यक्षमा राजेश नेपाली, सचिवमा लक्ष्मी खनाल, सह–सचिवमा शकर विक, कोषाध्यक्षमा रचना सुनार कुमार नेपाली, सुरज विश्वकर्मा लगायत २९ जना निर्वाचित भएको प्रचारप्रचार विभागका प्रमुख अविरलले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :