जनयुद्धका कार्यभार हामीले बिर्सेका छैनौँ : सेक्रेटरी घर्ती

जनयुद्धका कार्यभार हामीले बिर्सेका छैनौँ : सेक्रेटरी घर्ती

अर्घाखाँची: नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले शुभकामना आदानप्रदान गरी २७ औं जनयुद्ध दिवस आइतबार मनाएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिकामा पार्टीका नेताकार्यकर्ताका साथै सर्वसाधारणको उल्लेखनीय सहभागितमा आयोजित कार्यक्रममा जिल्ला सेक्रेटरी खेम घर्ती मगर, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य नविन खड्का, अखिल नेपाल शिक्षक सगठनका केन्द्रिय सदस्य लक्ष्मण वली लगायतको आतिथ्य रहेको थियो ।                      कार्यक्रमलाई सम्बोधन गर्दै नेता घर्तीले आजको जनयुद्ध भनेकै एकीकृत जनक्रान्ति भएको बताउदै एकीकृत जनक्रान्तिले १० बर्से जनयुद्धले पूरा गर्न नसकेका कार्यभार पूरा गर्ने बताउँदै एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द भई अघि बढ्न सबैमा अपिल गरे । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य नविन, शिक्षक सगठनका केन्द्रिय सदस्य लक्ष्मण वली लगायतले कार्यक्रममा मन्तव्य राख्दै १० बर्से जनयुद्ध अघिको समाज भन्दा आजको समाज फरक परेको बताउदै हजारौँ सहिदको सपना र लाखौँ नेपाली जनताको जनवादी सत्ताको चाहना अब एकीकृत जनक्रान्तिले मात्र पूरा गर्ने बताए । नन्द बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पदम नेपालीले गरेका थिए भने नेता पदम खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :