गण्डकीका विभिन्न क्याम्पसहरुमा एमसीसी सम्झौता विरुद्ध कालो ब्यानर टाँगिए

गण्डकीका विभिन्न क्याम्पसहरुमा एमसीसी सम्झौता विरुद्ध कालो ब्यानर टाँगिए

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध गण्डकी प्रदेश अन्तरगत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले कलेजका गेटहरुमा राष्ट्रघाती MCC सम्झौता खारेज गरौं ! राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !! भन्ने नारासहित कालो ब्यानर टाँसेको छ ।

क्याम्पस जिल्ला पोखरा अन्तरगत त्रिभुवन विश्वविद्यालयका मुख्यमुख्य क्याम्पसको गेटमा कालो ब्यानर टाँसेको जनाएको छ । पृथ्वीनारायण क्याम्पसको गेटमा कालो ब्यानर टाँसिएको अखिल (क्रान्तिकारी) क्याम्पस जिल्लाका अध्यक्ष उपेन्द्र परियारले जानकारी दिए ।
त्यस्तै कास्की जिल्लाको जनप्रिय क्याम्पसको गेटमा पनि सोही नारा लेखिएको कालो ब्यानर टाँसिएको अखिल (क्रान्तिकारी) जनप्रिय मुल इकाई समितिले जनाएको छ ।

यसैगरी अखिल (क्रान्तिकारी) लमजुङले पनि मध्ये नेपाल नगरपालिका, दुईपिप्लेमा रहेको पुष्पलता जनएकता क्याम्पसको गेटमा MCC विरुद्धको कालो ब्यानर टाँसेको अखिल (क्रान्तिकारी) लमजुङका जिल्ला अध्यक्ष राजन साउदले जानकारी दिए । अखिल (क्रान्तिकारी) गोरखाले  त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस गोर्खा क्याम्पस र शक्ति मा. वि. मा MCC विरुद्धको कालो ब्यानर टाँसेको अखिल (क्रान्तिकारी) गोर्खाका जिल्ला अध्यक्ष गगन परियारले जानकारी दिए ।

MCC सम्झौता राष्ट्रघाती रहेको र यो विषयमा विद्यार्थीहरुलाई जागरुक बनाउन र राष्ट्रिय स्वाधीनताको पक्षमा एकजुट बनाउनको लागि आफुहरुले यो अभियान चलाएको अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य कमला परियारले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :