बर्दिया, इलाम, नवलपुर, नुवाकोट र धनुषा लगायत देशभर विविध कार्यक्रमसहित जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

बर्दिया, इलाम, नवलपुर, नुवाकोट र धनुषा लगायत देशभर  विविध कार्यक्रमसहित जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीले देशभर विविध कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी बर्दियाले वैज्ञानिक समाजवाद प्राप्तिका लागि संघर्ष गरौँ  !एकीकृत जनक्रान्तिलाई निरन्तर अगाडि बढाऔँ !! भन्ने मूल नाराका साथ २७ औँ महान जनयुद्ध दिवस मनाएको छ ।

बर्दियाको टिसेन बस्तीमा जनयुद्धका महान सहिद शिताराम चौधरीको स्मृतिमा नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीले खानेपानी धाराको उद्घाटन गरेका छन् ।

कार्यक्रमको सञ्चालन जिल्ला अध्यक्ष हरि प्याकुरेलले गरेका थिए ।
कार्यक्रममा युवा संगठन नेपालका भेरी कर्णाली ब्यूरो इन्चार्ज दिपले  पनि शुभकामना मन्तव्य राख्दै जनयुद्धको बारेमा चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का बर्दिया जिल्ला अध्यक्ष पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला संयोजक आशिष थापा, केन्द्रिय सदस्य प्रेरणा रोकायको पनि उपस्थिति रहेको थियो । 

नेकपा बर्दिया जिल्लाको मधुवन नगर एरिया, गुलरिया नगर एरिया, ठाकुरबाबा नगर एरिया, बारबर्दिया नगर एरिया, बडैयाताल गाउँ पालिका लगायतका ठाउँमा जनयुद्ध मनाएको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी इलामले जिल्लाका विभिन्न पालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि २७ औं जनयुद्ध दिवस भव्यतापूर्वक मनाएको छ । 

इलामको देउमाइ नगरपालिकामा विद्यालयलाई १० हजार बराबरको खेलकुद सामाग्री वितरण गर्दै स्थानिय जनताहरुको बिचमा जनयुद्ध दिवसको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । त्यस्तै माइ नगरपालिकामा विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । उता सुर्योदयमा दिप प्रज्वलन गर्नुका साथै कोणसभा समेत सम्पन्न गरिएको छ । रोङ्ग गाउँपालिकाको शान्तिपुरमा पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । यस्तै चुलाचुलीमा पनि जनयुद्ध दिवस मनाइएको छ । 

देउमाइमा सम्पन्न कार्यक्रमा नेकपा इलामका सेक्रेटरी मौसम, देउमाइ नगरपालिका इन्चार्ज नवराज, अखिल (क्रान्तिकारी) का जिल्ला अधक्ष बिनोद, माइजोगमाइका इन्चार्ज बेनुप लगायतले बोलेका थिए । माइ नगरपालिकाको कार्यक्रममा  पार्टीका जिल्ला सदस्यहरु बिमल र रुद्रले बोलेका थिए । त्यस्तै सुर्योदयमा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य अविनासले बोलेका थिए । उता चुलाचुलीमा जिल्ला सदस्य हुकुम सिंह र रोङ्गको शान्तिपुरमा जिल्ला सदस्य प्रकाशको नेतृत्वमा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो । 

यस्तै नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीमा जनयुद्ध दिवसको अवसरमा सहिद पार्क सरसफाइ गरेको छ ।

२७ औं जनयुद्ध दिवसको अवसरमा जिल्लाको बर्दघाट नगरपालिका १० भुताहा भानुगरमा रहेको सहिद पार्कमा सरसफाइ गरेको छ । सरसफाइ कार्यक्रममा जिल्ला तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सहिदहरुको सम्झना र पार्कलाई संरक्षण गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम संचालन गरिएको पार्टी जिल्ला सचिव धिरजले जानकारी दिए ।

त्यसैगरी पूर्वी नवलपरासी (नवलपुर) मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नवलपुरका पार्टी सचिव सितलको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुररनवलपरासीका इन्चार्ज सरद ओलीको प्रमुख आतिथ्यतामा र युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं नवलपरासी नवलपुर इन्चार्ज अभिनासको स्वागतसँगै सुरु भएको कार्यक्रमको संचालन धन बहादुर कुमालले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले जनयुद्धको बाँकी कार्यभार एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताउदै प्रचण्ड, बाबुरामले सहिद, बेपत्ता तथा घाइते योद्धाको सपनालाई धोका दिएको र राज्यले वेवास्था गरेको बताए ।

ओलीले पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा अगाडि बढ्दै राष्ट्रियताको सवालमा अगाडि बढ्न नेताकार्यकर्ता कार्यकर्तालाई अपिल गरे । उनले एमसीसीको भण्डाफोर गर्दै पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि र भारतीय ज्यादतीका विरुद्ध निरन्तर जनतालाई जागरुक बनाउन आग्रह गरे ।

त्यसैगरी २७ औं महान जनयुद्ध दिवसको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले सहिद परिवार, राज्यद्वारा बेपत्ता योद्दा परिवार, घाइते अपाङ्ग, समर्थक शुभचिन्तक जनसमुदायमा शुभकामना दिदै एकीकृत जनक्रान्तिमा गोलबन्द गराउदै अघि बढ्ने र राष्ट्रघात, जनघात गर्ने दलाल पुजीवादी संसदिय व्यवस्था जनताको व्यवस्था नभएको र यसको अन्त्य गर्दै जनताको सुनौलो वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु अहिलेको आवश्यकता रहेको  बताएका थिए । जिल्ला पार्टी कार्यलय नुवाकोट विदुरमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी सिर्जनले गरेका थिए । जिल्ला समिति सदस्यहरुले एक आपसमासमा शुभकामना आदानप्रदान गर्दै जनयुद्ध दिवस मनाएका थिए ।                                                          यसैगरी नेपाल कम्युनिष्ट पार्ट जिल्ला समिति धनुषाको आयोजनामा २७ औँ जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ । मुसरनीया गाउँपालिकामा भव्यताका साथ भएको उक्त कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला सदस्य तथा मुसरीया गाउँपालिका सेक्रेटरी विरेन्द्र लाल कर्णले गरेका थिए । पार्टीका केन्द्रिय सदस्य देवनारायण शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :