नेपाली जनप्रगतिशील मोर्चा यूरोपद्वारा २७ औँ जनयुद्ध दिवस सम्पन्न

नेपाली जनप्रगतिशील मोर्चा यूरोपद्वारा २७ औँ जनयुद्ध दिवस सम्पन्न

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको आयोजनामा २७ औँ जनयुद्ध दिवस भव्यताका साथ सम्पन्न भएको छ । मोर्चाले आफ्नो स्थापनाकालदेखि नै नेपालको क्रान्तिकारी आन्दोलनलाई ऐक्यबद्धता जाहेर गदै आइरहेको छ । उक्त कार्यक्रममा युरोपमा कृयाशिल नेपाली वैचारिक संगठनका यूरोप स्तरीय नेताहरुले शुभकामना व्यक्त गरेक थिए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले नेपाली जनयुद्धको उपलब्धीहरुलाई सचेत रुपमा न्यूनीकरण गर्ने प्रयास भइरहेको भन्दै त्यो आफूलाई मान्य नहुने बताए । आफ्नो पार्टी जनयुद्धको उद्धेश्यप्रति दृढ हुँदै नेपालको दलाल तथा संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नको लागि निरन्तर क्रान्तिको मार्गमा रहेको बताए । उनले भने, तपाईहरु जहाँ भएपनि जनताको मुक्तिको लागि संघर्ष गर्नुस्, देशमा क्रान्ति सम्पन्न भएपछि मात्र तपाईहरु जस्ता सबै युवाले देशमा नै अवसर पाउने छन् ।

उक्त कार्यक्रममा, प्रगतिशील नेपाली समाज युरोपका संयोजक दिपेन्द्र गहतराज, प्रवासी नेपाली एकता समाजका प्रतिनिधी निराजन सुबेदी, नेपाली जन सम्पर्क समिती युरोपका महामन्त्री गंगाधर गौतम, प्रवासी नेपाली मन्च युरोपका अध्यक्ष गोविन्द पौडेल, नेपाली जनप्रगतिशील मन्च युरोपका प्रतिनिधि तथा शहिद परिवारका सदस्य  उदय गौतम, नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्व अधिवेशन आयोजक समितिका संयोजक रमेश गिरी, कम्यनिष्ट पार्टी इटाली माओवादीका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शहिद परिवारका सदस्यहरु टिकाराम ओली, राजकुमार घमाल, उदय गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेशनल डेमोक्रेटिक फ्रन्ट फिलिपिन र पोर्चुगीज वर्कस कम्युनिष्ट पार्टीबाट शुभकामना सन्देशसहित पत्र प्राप्त भएको थियो । नेपाली जनप्रगतिशील मोर्चाका विभिन्न देशका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा वाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता मोर्चाका अध्यक्ष विष्णु भुजेलले गरेका थिए । कार्यक्रमको सन्चालन मोर्चाका महासचिव सुवर्णबाबु सापकोटाले गरेका थिए भने उपस्थित सम्पूर्णलाई मोर्चाका उपाध्यक्ष वदन योङ्हाङले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :