नेकपा प्यूठानद्वारा जिल्ला अस्पताल बिजुवारमा सरसफाई तथा बिरामीलाई फलफुल वितरण

नेकपा प्यूठानद्वारा जिल्ला अस्पताल बिजुवारमा सरसफाई तथा बिरामीलाई फलफुल वितरण

जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी प्यूठानले जिल्ला अस्पताल बिजुवारमा सरसफाइ तथा बिरामीहरुका लागि फलफुल वितरण कार्यक्रम गरेको छ ।

महान जनयुद्धको २७ औं वार्षिकोत्सवको अवसर जिल्ला अस्पताल सरसफाई र बिरामीहरुका लागि फलफुल वितरणसँगै अविर आवरण र शुभकामना आदान प्रदान गरेको हो ।
जिल्लास्थित सम्पूर्ण पार्टी पंक्तिका कार्यकर्ता र जनसमुदायलाई शुभकामना व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर के सी जागृतिले महान जनयुद्ध का अपुरा सपना पूरा गर्नका लागि र आफ्नो पार्टी एकीकत जनक्रान्तिको बाटोबाट देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यभार पूरा गर्न प्रतिबद्द भएको बताए । इन्चार्ज केसीले जनयुद्ध दिवसको अवसरमा महान सहिद परिवार , घाइते अपांग योद्दा, वेपत्ता परिवारलाई उच्च सम्मानसहित शुभकामना दिदै मुठ्ठी कसि प्रतिबद्धता व्यक्त गरे । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा हिजो आइतबार जिल्लाभर दिप प्रज्वलनसहित मशाल जुलुश गरेको नेकपा प्यूठानका सेक्रेटरी अजयले बताए । सरसफाई तथा फलफुल वितरण कार्यक्रममा सबै पार्टी पंक्ति, जनवर्गीय संगठनका कार्यकर्ता, स्थानीय जनताको सक्रिय सहभागीता रहेको सेक्रेटरी अजयले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :