जनयुद्ध दिवसको अवसरमा नेकपा दैलेखद्वारा शुभकामना कार्यक्रम सम्पन्न

जनयुद्ध दिवसको अवसरमा नेकपा दैलेखद्वारा शुभकामना कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आठबिस नगरपालिकाकोे राकम कर्णाली बजारमा आयोजित शुमकामना कार्यक्रमका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले २७ औँ जनयुद्ध दिवसको अवसरमा आफ्नो अमुल्य जीवनको बलिदान गर्ने  महान शहिदहरु, बेपत्ताहरु र घाइते योद्धाहरुप्रति श्रद्धाञ्जली तथा उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण सहिद परिवारजन, बेपत्ता परिवारजन, पार्टी सदस्यहरु न्यायप्रेमी जनसमुदायमा शुभकामना व्यक्त गरे ।
जनयुद्ध जनवाद हुँदै समाजवादी व्यवस्थाको लागि गरिए पनि प्रचण्ड, बाबुरामले क्रान्तिमा धोका दिएकाले नेपालमा अहिले दलाल सँसदीय व्यवस्था कायम भएको उल्लेख गरे । दलाल पुँजीवादी व्यवस्थाभित्र चर्को संकट देखिएको उल्लेख गर्दै यो संकटको समाधान संसदीय निर्वाचनबाट नहुने ठोकुवा गरे । दलाल पुँजीवादी व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाबारे जनमत सँग्रह गरिनु पर्नेमा गरे । देशको स्वाधिनताको रक्षा र  राष्टघाती एमसीसी खारेजीका लागि सम्पूर्ण  कम्युनिस्टहरु, देशभक्तहरु, वामपन्थीहरु र सच्चा लोकतान्त्रिक शक्ति, एकजुट हुनुपर्ने बताए ।

नेकपा दैलेखका सदस्य क्रान्ति, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुदर्शन र नेकपा माकेका आठबिस नगर समिति अध्यक्ष वसन्तले पनि शुभकामना राखेका थिए ।

नेकपा दैलेखका सदस्य दुर्गाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा दैलेखका सदस्य कुशलले गरेका थिए । स्थानीय जनवादी कलाकारहरुले गीत तथा नृत्य प्ररस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :