सत्ताधारी राजनीतिक दल परित्याग गरी अर्घाखाँचीमा दर्जनौँ नेकपामा प्रवेश

सत्ताधारी राजनीतिक दल परित्याग गरी अर्घाखाँचीमा दर्जनौँ नेकपामा प्रवेश

अर्घाखाँची: अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि एक दर्जन विप्लव नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टीमा आज प्रवेश गरेका छन् । भुमिकास्थान नगरपालिकाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम जिल्ला सेक्रेटरी खेम घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी परित्याग गरि शिव खनाल, प्रेम घर्ती मगर, भुप बहादुर घर्ती मगर, सुनिल खनाल, अन्शु खनाल, गोकुल बस्नेत राष्ट्रिय जनमोर्चाबाट विजय नेपाली, दिपक नेपाली, नेवि संघका कुल बहादुर थापा लगायतले पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रममा नवप्रवेशीलाई स्वागत गदै जिल्ला सेक्रेटरी घर्तीले देशमा संसदीय व्यवस्थाले निकास दिन नसक्ने बताउदै देशलाई नेपाली जनतालाई सुहाउने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था आवश्यकता रहेकोे बताए । त्यसका लागि आफुहरु निरन्तर सघर्षमा रहेको बताउदै अब सत्ताधारी राजनीतिक दलले नेपाली जनता माथि फेरी पनि चुनावको बाहनामा विभिन्न प्रलोभन देखाएको उल्लेख गरे । उनले अब नेता छान्ने चुनाव नभई व्यवस्था छान्ने चुनाव आजको आवश्यकता रहेको ठाेकुवा गरे ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका इन्चार्ज बारुदले जनतामा संसदीय व्यवस्थाप्रति घृणा जागेकोले जनताले संसदीय व्यवस्था विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । कार्यक्रम नगर इन्चार्ज बारुदको अध्यक्षता अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :