गुल्मीको तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन

गुल्मीको तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन

गुल्मी : गुल्मी जिल्लाको तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको छ । तम्घासमा पुष्पाञ्जली एग्रोभेट सेन्टर गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको हो । सामान्य लेखपढ गरेका गुल्मीका केशव कुँवरले सञ्चालन गरेको पुष्पाञ्जली एग्रोभेट सेन्टर (भेटनेरि) को गैरकानुनी धन्दाबारे स्थानीयले व्यापक गुनासो गरेका छन् ।

सञ्चालक कुँवरले पुष्पा अधिकारीको नाममा रहेको लाइसेन्स, उनीसँगको मिलेमतोमा प्रयोग गरेर १ बर्षदेखि एग्रोभेट सञ्चालन गर्दै आइरहेका छन् । कुँवरले जथाभावी पशुहरूको उपचार वा स्वास्थ्य परिक्षण गर्दा किसानहरूको पशुहरू मर्नेसम्म भएपछि यो धन्दा खुलेको हो । त्यहाँबाट बिक्रीवितरण गरिने बिउबिजनसमेत स्तरीय नभएको स्थानीयले बताएका छन् । स्थानीयले त्यस भेटनेरिलाई बन्द गर्न माग गर्दै आइरहेका छन् ।

तर, सम्बन्धित निकाय मौन छ । शक्ति र पहुँचको आधारमा उक्त भेटनेरि कुँवरले गैरकानुनी ढङ्गले खुलेआम चलाउँदै आएका छन् भने पुष्पा अधिकारीले गैरकानुनी रुपमा आफ्नो नाममा रहेको लाइसेन्स केशव कुँवरलाई भेटनरि चलाउन दिइरहेकी छन् ।

अधिकारीले यसभन्दा अघि पनि रेसुङ्गा नगरपालिका ४ अर्खलेका भोजेन्द्र भण्डारीलाई एग्रोभेट सञ्चालन गर्नका लागि लाइसेन्स दिएको खुलेको छ । उनले करिब ४ महिना सदरमुकाम तम्घासको उढिनढुङ्गामा लाइसेन्स भाडामा लिएर एग्रोभेट चलाएको स्वीकार गरेका छन् । पुष्पा अधिकारीले करिब १० बर्षदेखि अर्जुन बोर्डिङ स्कुलमा अध्यापन गर्दै आइरहेकी छन् ।

यता पुष्पा अधिकारीले भने आफ्नो एग्रोभेट रहेको र आफूले काम गर्ने मान्छे राखेको बताए पनि रेसुङ्गा नपा –१० सिमिचौर बस्ने कुँवरले पुष्पा अधिकारीलाई मासिक तीन हजार भाडा दिएर लाइसेन्स भाडामा लिएको समेत खुलेको छ । पुष्पा अधिकारीको सो लाइसेन्स समेत पहुँचको आधारमा गैरकानुनी रुपमा प्राप्त गरेको खुलेको छ ।

कुँवरले गैरकानुनी रुपमा सञ्चालन गर्दै आइरहेको पुष्पाञ्जली एग्रोभेट रे.नपा.– ९, अर्घाखाँची बसपार्क तम्घासमा रहेको छ । गैरकानुनी रुपमा सञ्चालित उक्त पुष्पाञ्जली एग्रोभेट सम्बन्धित निकायको संरक्षणमा रहेकोले उनीहरूलाई कारबाही हुन नसकेको तथा कुँवर र अधिकारीको त्यस गैरकानुनी धन्दाबारे आवाज उठाउँदा उल्टै प्रशासनले समेत उनीहरूको बचाउ गरेको स्थानीयले गुनासो गरेका छन् ।

उनको यस्तो गैरकानुनी धन्दाबारे रेसुङ्गा नगरपालिका, प्रशासन कार्यालय, औषधी व्यवस्था विभाग, घरेलु तथा साना उद्योग व्यवसाय विकास समिति, उपभोक्ता हकहित संरक्षण मञ्च, भेटनरी अस्पताल, कृषि ज्ञान केन्द्रलगायत जिम्मेवार निकायहरू भने मुकदर्शक बनेका छन् ।

आफ्नो नाममा एग्रोभेट दर्ता नगरी अर्कैको नाममा दर्ता गरेर एग्रोभेट तथा औषधीजन्य पसल सञ्चालन गर्नु नेपालको कानुन अनुसार गैरकानुनी हो । यस्तो अवस्थामा गल्ती ठहर भए तीन वर्ष कैद वा २५ हजार जरिवाना अथवा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :