नेकपा (बहुमत) द्वारा सहिदपिता प्रह्लादप्रति श्रद्धाञ्जली, निधनपछि सल्लाहकारको सम्मान

नेकपा (बहुमत) द्वारा सहिदपिता प्रह्लादप्रति श्रद्धाञ्जली, निधनपछि सल्लाहकारको सम्मान

काठमाडौँ : नेकपा (बहुमत) ले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि जनयुद्ध हुँदै पछिल्लो अन्तरसङ्घर्षमा पनि क्रान्तिकारी धारमा रहेर महत्वपूर्ण योगदान पुर्याएका जाजरकोट रिम्नाका सहिद अर्जुनका बुबा जयबहादुर राना ‘प्रह्लाद’ को निधनमा गहिरो शोक प्रकट गर्दै निधनपछि सल्लाहकारको सम्मान गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आज श्रद्धाञ्जली तथा सम्मान विज्ञप्ति जारी गर्दै प्रह्लादप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै उनको निधनपछि सल्लाहकारको सम्मान व्यक्त गरिएको जनाएका छन् । प्रवक्ता सुदर्शनले प्रह्लादका शोकसन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् ।

प्रवक्ता सुदर्शनद्वारा जारी श्रद्धाञ्जली तथा सम्मान विज्ञप्तिमा भनिएको छ, ‘जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ रिम्ना निवासी एक कम्युनिस्ट योद्धा कमरेड जयबहादुर राना ‘प्रह्लाद’ को मस्तिष्काघातका कारण ७२ वर्षकै उमेरमा आज असामयिक निधन भएको खबरले हामी निकै मर्माहत भएका छौँ । उहाँ पञ्चायती व्यवस्थाको अन्त्यका लागि लडेका, जनयुद्धमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेका र पार्टीभित्रको दुई लाइन सङ्घर्षमा सधैँ क्रान्तिकारी कार्यदिशाको पक्षधर परिपक्व नेता हुनुहुन्थ्यो । उहाँले पछिल्लो दुई लाइन सङ्घर्षमा क्रान्तिकारीहरूको विद्रोहलाई स्वागत गर्नुभएको थियो ।’

प्रवक्ता सुदर्शनको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको परिवारबाट छोरा अर्जुन रानाको सहादत भएको थियो । बाँकी दुई छोरा, दुई छोरी र श्रीमती उहाँको परिवारमा रहनुभएको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) क. प्रह्लादप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै उहाँलाई मरणोपरान्त केन्द्रीय सल्लाहकार सदस्यले सम्मान गर्दछ । उहाँको वैज्ञानिक समाजवाद र साम्यवादको सपना पूरा गर्न पार्टी प्रतिबद्ध छ ।’ वक्तव्यको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :