युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेलाको तयारी पूरा, पर्सिदेखि सुरु हुँदै

युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेलाको तयारी पूरा, पर्सिदेखि सुरु हुँदै

काठमाडौँ : नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेला पर्सि मङ्गलबारदेखि काठमाडौँमा सुरु हुँदैछ । युवा सङ्गठनका संयोजक हरिशले आइतबार रातो खबरसँग कुरा गर्दै भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । युवा जनस्वयम्सेवक नेकपा (बहुमत) को सहायक सङ्गठन हो ।

प्राप्त जानकारीअनुसार मङ्गलबार बिहान काठमाडौँ पुरानो बानेश्वरस्थित ओम साई पार्टी प्यालेसमा देशभरका सयौँ क्रान्तिकारी युवाहरूको उपस्थितिमा भेला उद्घाटन हुनेछ । पार्टी संयोजक कञ्चनले भेलाको उद्घाटन गर्ने बताइएको छ । भेलामा देशका ७७ जिल्लाबाटै प्रतिनिधित्व हुने एवम् देश र श्रमिक जनताको मुक्तिका लागि जारी वैज्ञानिक समाजवादी क्रान्तिमा युवाको भूमिका कस्तो रहने भन्ने विषयमा गम्भीर छलफल र बहस भई नयाँ नीति, कार्यक्रम र नेतृत्व चयन हुने बताइएको छ ।

विप्लव समूह संसद्वादी बाटो रोज्दै चुनावमा गएपछि नेकपा (बहुमत) पुनर्गठन भएको थियो । पार्टी पुनर्गठनपछि सम्पूर्ण जवस र मोर्चाहरूका राष्ट्रिय भेला र सम्मेलनहरू भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :