दोलखा बस दुर्घटनाका घाइतेको अविलम्ब उपचार गराउन नेकपा (बहुमत) को माग

दोलखा बस दुर्घटनाका घाइतेको अविलम्ब उपचार गराउन नेकपा (बहुमत) को माग

काठमाडौँ : नेकपा (बहुमत) दोलखाले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँबाट दोलखाको बोँचमा दुई यात्रुवाहक बस एकापसमा ठोक्किएर २२ जना यात्रु घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेकोमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । पार्टीले घाइतेहरूको उपचारमा कुनै लापरबाही नगर्न र तत्काल उचित क्षतिपूर्ति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

पार्टीका जिल्ला इन्चार्ज विनय शर्मा र संयोजक अन्जानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज असार १९ गते आइतबार काठमाडौँबाट दोलखा क्षेत्रपातर्फ आइरहेको यात्रुबस र दोलखा चरीकोटबाट काठमाडौँ गइरहेको यात्रुबस दोलखा जिल्ला भीमेश्वर ८ स्थित बाँचे घुम्तीमा एकापसमा ठोक्किँदा २२ जना घाइते भई एकजनाको अवस्था गम्भीर भएको अकल्पनीय घटनाप्रति हाम्रो पार्टी अत्यन्त दुःख व्यक्त गर्छ । उक्त दुर्घटना कसरी हुन पुग्यो ? यस घटनाको तत्काल सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछौँ । साथै घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै लापरबाही नगर्न र तत्काल उचित क्षतिपूर्तिसहित उपचार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :