नेकपा (बहुमत) द्वारा शोभाप्रति श्रद्धाञ्जली

नेकपा (बहुमत) द्वारा शोभाप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी जीवनसंगिनी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले पत्नीशोकमा परेका मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेलाई भक्तपुरस्थित उनकै निबासमा पुगेर समवेदना र शोभा प्रधानप्रति श्रद्धाञ्जली ब्यक्त गरेका हुन् । सुदर्शनसँगै सो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बाग्मती ब्युरो इन्चार्ज शरद रसाईली र भक्तपुर इन्चार्ज रोजन रखाल पनि बिजुक्छेलाई समवेदना दिन भक्तपुर पुगेका थिए । केही दिन अघि नारायणमान बिजुक्छेकी जीवनसंगिनी शोभाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :