पाँचदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

पाँचदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

मोरङ : जनपत्रकार संगठन, नेपालको पाँचदिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिक्षण मोरङमा सम्पन्न भएको छ । प्रशिक्षण आयोजना जनपत्रकार संगठन, १ नम्बर प्रदेश समितिले गरेको हो ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारिता’ भन्ने मुल नाराका साथ शनिबारदेखि सुरू भएको तालिममा संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्मा प्रमुख प्रशिक्षक थिए । समापन समारोहमा समग्र कार्यक्रमको समीक्षा गर्दै विश्वकर्माले देशमा पत्रकारिता क्षेत्रमा बढ्दै गएको विकृति र विसङ्गतिको जनस्तरबाट समाज सेवा र मिसन पत्रकारिताको शुभकामना दिँदै माहासंघमा भइरहेको विकृतिको विरोधमा आन्दोलन जान सक्ने जनशक्ति उत्पादन भएको बताए । पार्टीको भावी रणनीति एकीकृत जनक्रान्ति हो, श्रमको विशिष्ठिकरण, उत्पादकत्व वृद्धि पत्रकारितामा लागू हुन्छ त्यसैले दलाल पुँजीवादको दलदल चिर्दै आफ्नो रूचपको क्षेत्रमा विशेष ध्यानदिन आग्रह गरे । नयाँ जोस जाँगर लिएर पत्रकारिता क्षेत्रमा प्रबेश गरेका आफ्नो क्षेत्रमा गई पेशागत रूपमा लाग्नेमा आफू विश्स्थ रहेको बताए । नव प्रवेशी पत्रकारको व्यवस्थापनको लागि केन्द्रले छलफल गर्ने छ आफू सक्षम बन्न पर्छ विश्वकर्माले समय सापेक्ष र सर्वाहारा वर्गको हकहित र अधिकारको रक्षार्थ शसक्त रूपमा पत्रकारितामा लाग्न सुझाव दिए ।

जनपत्रकार केन्द्रीय सदस्य तथा प्रदेश १ संयोजक आलोकले दलाल संसद्‌वादी राज्य व्यवसथा परिवर्तन र एकीकृत जनक्रान्तिको निम्ति सत्यतथ्य सूचनाको लागि स–साना कुराबाट सुरू गरि गलत प्रमाण पहिल्याउनु पर्ने बताए । तालिममा जनपत्रकार संगठन नेपलका केन्द्रीय सदस्य शोभराज बरालले प्रशिक्षणको क्रममा समाचार लेखन सीप महत्वपूर्ण रहेको र अभ्यास रहनुपर्ने विषय भएको सधै अभयस्त रहन आग्रह गरे । तालिममा प्रदेश नं. १ र प्रदेश नं. २ का जनपत्रकार संगठन नेपलमा आवद्व पत्रकाहरूको सहभागी रहेको थियो । ५ दिनसम्म भएको तालिम मोरङको सुन्दरहरैचामा भएको थियो ।

जनपत्रकार संगठन नेपलको केन्द्रीय सदस्य सर्गम श्रेष्ठ सुमनले सञ्चालन गरेको कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य प्रवीण अधिकारी, नेकपा मोरङ जिल्ला सेक्रेटरी नरेश र पाँचथर सेक्रेटरी सन्तोषको उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :