जनपत्रकार संगठन नेपाल १ नं. प्रदेशले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

जनपत्रकार संगठन नेपाल १ नं. प्रदेशले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

जनपत्रकार संगठन नेपाल प्रदेश नं. १ समितिले नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न सुझावसहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

जनपत्रकार संगठन नेपाल प्रदेश नं. १ समितिका  संयाेजक आलोक लिम्बुको नेतृत्वमा गएको टोलीले शाखाका अध्यक्ष लिला बल्लब घिमिरेले कार्यकक्षमा पुगि ज्ञापनपत्र बुझाएको छ । सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन भन्दै जनपत्रकार संगठन नेपालले ज्ञापनपत्र बुझाएको संगठनका १ नम्बर प्रदेश संयाेजक लिम्बुले बताए ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनस्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरिएको छ । ‘हामीले सदस्यहरुको सुद्धिकरण गरि महासंघलाई मर्यादित र जिम्मेवार बनाउन आग्रह गरेका छौँ ।’ आलोकले भने पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस् भन्ने माग गरेका छौँ ।’

महासघंको सदस्यता विषयमा माहासघं अध्यक्ष  लिला बल्लब घिमिरेले महासघंको सदस्यताको विषय जटिल रहेको र व्यवस्थित गर्न महासघं क्रियाशिल रहेको बताए । जनपत्रकार संगठनको माग जाहेज रहेको भन्देै सबैको माग समावेश गर्न थपघट हुनसक्ने तर आम पत्रकारिताका साझा समस्या र सहभागिता हुनेछ । महासघंको आर्थिक कारोबार चुस्तदुरूस्त बनाउन वेभसाइडमार्फत सार्वजनिक हुने बताए ।   

ज्ञापनपत्र बुझाउन जनपत्रकार संगठन नेपाल केन्द्रीय सदस्य सर्गम श्रेष्ठ सुमन, प्रदेश सम्मेलन आयाेजक समिति सदस्य अनिता गजमेर, तेजकुमार बराइली र टपकाराम खड्काको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :