महासचिव विप्लवसहित सबै सचिवालय, सल्लाहकार र केन्द्रीय सदस्यहरू केन्द्रीय कम्युनमा श्रममा सहभागी

केन्द्रीय समितिको बैठक जारी, केन्द्रीय सदस्यको रिपोर्टिङ सकियो

महासचिव विप्लवसहित सबै सचिवालय, सल्लाहकार र केन्द्रीय सदस्यहरू केन्द्रीय कम्युनमा श्रममा सहभागी

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय समितिका सचिवालय सदस्यहरू प्रकाण्ड, कञ्चन, सुदर्शन र विषम केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएका छन् । पार्टी केन्द्रीय सम्पर्क कार्यालय शिवगढी, कपिलवस्तुमा केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठक जारी रहेकै समयमा महासचिव, सचिवालयका सबै सदस्य र केन्द्रीय सदस्यहरू बिहीबार केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएर गहुँ काट्ने काम गरेका हुन् ।

श्रममा सहभागी पार्टी सचिवालय सदस्य र केन्द्रीय समितिका सदस्यहरूले यसलाई राजनीतिक आन्दोलनकै नयाँ परिघटनाका रूपमा लिएको प्रतिक्रिया दिएका छन् । केन्द्रीय जनकम्युनमा श्रम कार्यमा सरिक भएका पार्टी केन्द्रीय सदस्य एवम् रातो खबर प्रकाशन गृहका निर्देशक वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले कम्युनमा पार्टी महासचिवका साथमा सचिवालय सदस्यहरूसँगै श्रममा जोडिँदा सर्वाधिक नयाँ अनुभूति भएको प्रतिक्रिया दिए ।

शनिबार सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार खाना समयसम्म सबै केन्द्रीय समितिका सचिवालय सदस्य, केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यले महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आआफ्ना सुझाव, धारणासहित आफ्नो जिल्ला/क्षेत्र/जिम्मेवारीको रिपोर्टिङ प्रस्तुत गरेका छन् । पार्टी केन्द्रीय स्रोतले बैठक केही समय सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :