युवा संगठन नेपालद्वारा डिल्ली रमन वलीका आमाकाे निधनप्रति दु:ख व्यक्त

युवा संगठन नेपालद्वारा डिल्ली रमन वलीका आमाकाे निधनप्रति दु:ख व्यक्त

युवा संगठन नेपालले संगठनका केन्द्रीय सदस्य डिल्ली रमन वलीका ममतामयी आमा रेवती वलीको असामयिक निधनप्रति दु:ख व्यक्त गरेको छ ।
युवा संगठन नेपालका अध्यक्ष पाटन जंगलीले शाेक वक्तव्य जारी गरी गंगादेव गाउँपालिका ३ मरिबिनी निवासी रेवती वली आमाको ६१ वर्षको उमेरमा भएको असामयिक निधनले संगठन र घर परिवारजनमा ठूलो क्षति पुगेको बताएका छन् ।

आमाको असामयिक निधनले घर परिवारजनमा पर्न गएको पिडालाई शक्तिमा बदल्नुहुनेछ भन्दै उनले मृत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :