अखिल (क्रान्तिकारी) चितवनद्वारा सरकारी मा.वि.सम्म निःशुल्क शिक्षा लागू गर्न माग गर्दै मागपत्र पेश

अखिल (क्रान्तिकारी) चितवनद्वारा सरकारी मा.वि.सम्म निःशुल्क शिक्षा लागू गर्न माग गर्दै मागपत्र पेश

अखिल (क्रान्तिकारी) चितवनले सरकारी विद्यालयकाे मा.वि. तह (कक्षा १२) सम्म निःशुल्क शिक्षा तुरुन्त लागु गराउन सम्बन्धित सबै निकायलाई ध्यानाकर्षणसहित मागपत्र पेश गरेको छ ।
अखिल (क्रान्तिकारी) चितवनका इन्चार्ज देव शमशेर लामा (रेम्बोर्जे) द्वारा हस्ताक्षरित मागपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउदै उक्त माग तत्काल सम्बोधन नगरी बेवास्ता गरिए कडा सङ्घर्षमा जान बाध्य हुने चेतावनी दिइएको छ ।
मागपत्रमा लेखिएको छ, `नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ को शिक्षा सम्बन्धी हक उपधारा २ मा “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।” भनेर स्पष्ट लेखिएको छ तर बिडम्बना कुनै पनि क्षेत्रमा लागु भएको छैन । आम जनताका छोराछोरी अधिकारकबाट बञ्चित छन् । उल्टै सरकारी तह–तहबाटै शिक्षालाई व्यापार गरी लुट मच्चाउने कार्य सक्रिय छन् । हाम्रो संगठन उक्त लुटपाट र शोषणको घोर विरोध गर्दछ साथै मा.वि. तह (कक्षा १२ सम्म) निःशुल्क शिक्षा तुरुन्त लागु गराउन सम्बन्धित सबै निकायलाई ध्यानाकर्षण सहित यो मागपत्र पेश गरिन्छ ।
अतः उक्त माग तत्काल सम्बोधन नगरी विशेष मागको बेवास्ता गरिएको खण्डमा कडा सङ्घर्षमा जान बाध्य हुनेछौ ।´
मागपत्रकाे पूरा पाठ-                                   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :