विभिन्न पार्टी परित्याग गरि दशजना नेकपा दोलखामा प्रबेश

विभिन्न पार्टी परित्याग गरि दशजना नेकपा दोलखामा प्रबेश

चरिकोट : नेपाल कम्युनिस्ट पार्टी दोलखाको आयोजनामा बुधबार चरिकोटमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि दशजना नेकपामा प्रबेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा माओवादी केन्द्रबाट बिक्रम थामी (कालिञ्चोक गाउँपालिका–२), भीम थामी (बिगु गाउँपालिका–६), डिलबहादुर थामी (कालिञ्चोक गाउँपालिका–१), नेपाली काङ्ग्रेसबाट पृथ्वीबहादुर बुढाथोकी (भीमेश्वर नगरपालिका– ३), श्यामकाजी थामी (भीमेश्वर नगरपालिका –१), सन्तोष थामी (भीमेश्वर नगरपालिका– १), नहेन्द्र थामी (भीमेश्वर नगरपालिका–१), नेकपा एमालेबाट छबिलाल थामी (भीमेश्वर नगरपालिका–३), गोकुल थामी (कालिञ्चोक गाउँपालिका– ६) र मङ्गोल नेसनल अर्गनाइजेसनबाट कृष्ण थामी (बिगु गाउँपालिका– ८) रहेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि एवम् दोलखा जिल्ला सेक्रेटरी माधव गौतमले नवप्रबेशीहरूलाई स्वागत गर्दै दलाल, तस्कर, भ्रष्टाचारका विरुद्ध सशक्त रुपले लड्नका निमित्त नवप्रवेशीहरूलाई अनुरोध गरे । उनले देशका उद्योगहरू बेचेर खानेहरूलाई कारवाही गरिने बताए । आफ्नो मन्तव्यका क्रममा उनले राष्ट्रघाती एमसीसीका विरुद्धमा सशक्त रुपले लड्नुपर्ने बताए ।

यसैगरी विशेष समिति सदस्य एवम् कार्यक्रमका विशेष अतिथि अर्जुन योगीले नवप्रबेशीहरूलाई स्वागत गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गरिछाड्ने बताए । उनले श्रमिक, उत्पीडित जनताको पक्षमा निरन्तर लड्नका निमित्त नवप्रबेसीहरूलाई अपिल गरे । देशव्यापी पार्टी प्रवेशको लहर चलेको बताउँदै उनले राष्ट्रघाती एमसीसीका विरुद्धमा सशक्त रुपले लड्नुपर्ने र आवश्यक परेमा बलिदानसमेत गर्नुपर्ने बताए । यस्तै दोलखा जिल्ला सदस्य विशाल जिरेलले समान शिक्षा प्रणालीका लागि सशक्त ढङ्गले लड्नुपर्ने बताए ।

उक्त कार्यक्रमको अध्यक्षता जीतबहादुर थामीले गरेका थिए भने जिल्ला समिति सदस्य पदम थामीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :