इलाममा सहिद समाधिस्थलमा उभिएर सपथ खाए कार्यकर्ताले

महान् जनयुद्धमा सहादत प्राप्त गर्नुभएको वीर सहिदहरूप्रति भापूर्ण श्रद्धाञ्जली अर्पण

इलाममा सहिद समाधिस्थलमा उभिएर सपथ खाए कार्यकर्ताले

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले जनयुद्धमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । मङ्गलबार इलामको माइजोगमाई गाउँपालिकाबाट सहादत प्राप्त गर्ने सहिदहरूको समाधिस्थल सरसफाइ गर्दै शलामीसहित स्मरण गरिएको हो । कार्यक्रममा सहभागी नेता कार्यकर्ताले क्रान्ती पूरा गरेर सहिदहरूको सपना पूरा गरिछाड्ने सपथ खाएका थिए ।

सहिदहरू लिला आचार्य, हिमा प्रमिला राई, गोमा चन्द्रकला सुवेदी र कलालाई २०६०/६/२८ मा तत्कालिन शाही सेनाले गिरफ्तार गरी निर्ममतापूर्वक हत्या गरेको थियो ।

समाधिस्थलमा आयोजित उक्त कार्यक्रममा बोल्दै नेकपा इलामाका सचिव मौसमले आमूल परिवर्तनको लागि सहिदहरूले देखेको सपनाप्रति केही गद्दारहरूले धोकाधडी गरेर अलपत्र छाडेपनि आफूहरूले एकीकृत जनक्रान्तिको माध्यमबाट अवश्य पूरा गरिछाड्ने बताए । उनले सहिदहरूको बलिदानको जगमा खडा भएको हाम्रो पार्टीलाई राष्ट्र र जनताको आम सपना र चाहना पूरा नगरी पछाडी फर्कने छुट नभएको बताए । उनले एकीकृत जनक्रान्ति सिङ्गो देशलाई एक ठाउँ जोडेर गर्नुपर्ने क्रान्तिको मोडेल भएको हुनाले हाम्रा कतिपय कार्यनीतिक मामलाहरूलाई उचाल्ने उराल्ने दलालहरूका भ्रमलाई चिरेर अघि बढ्ने बताए । कार्यक्रमा अन्य जिल्ला सदस्य र युवाहरूको उपस्थित थियो ।

इलाममा सहिदहरूको समाधिस्थल सरसफाइ, सहिद स्मृति पार्क, प्रतिक्षालय निर्माण कार्य सबै पालिकामा भइरहेका छन् । देश र जनता सङ्कटमा परेको यो बेला सहिदको सपनालाई चिहानबाट निकाल्ने अभियान थालेको जिल्ला इन्चार्ज सुमनसिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :