खबरदार ! प्रतिक्रान्ति हुन सक्छ

कविता

खबरदार ! प्रतिक्रान्ति हुन सक्छ

देश भयानक अप्ठेरोमा छ
जुर्मुराउन थालेका छन् हाम्रा दुस्मनहरू
लेख्न थालेका छन् हाम्राविरुद्ध तमसुकहरू
जाग्नु पर्नेछ हामी
जसले जनयुद्ध गलत छ भन्दै हिँडेका छन आज ।

हाम्रो उद्देश्य महान् थियो र आज पनि उत्तिकै महान् छ
सहिदहरू यिनै उद्देश्यका निम्नि बलिदान दिन तयार भए
आज त्यो जिम्मा बाँचेकाहरूलाई छ पूरा गर्नु त जरुर छ
बिग्रिन छुट छैन हामीलाई व्यवस्था फेर्न, अवस्था फेर्न जन्मेका हौँ ।

जागै बस साथीहरू जागै बस, प्रतिक्रान्ति हुनसक्छ
इतिहास भुल्ने छूट हामीलाई छैन सम्झाई बस
हरेक आन्दोलन सम्झौतामा टुङ्गिएको इतिहास साक्षी छ
तर त्यो गलत गर्ने छूट हामीलाई छैन, गर्न दिनै हुन्न ।

आज सहिद परिवारहरूले पनि गरिरहेछन् खबरदार
घाइते योद्धाहरू पनि भनिरहेछन् क्रान्ति जारी राख ।
पाखापखेरीहरूमा गुन्जिन छाड्नु हुन्न इन्क्लाबका गीत
यही भनिरहेछन् बेपत्ता परिवारजनहरू, हामी पनि यही भन्छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :