अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागद्वारा महिला हिंसा विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागद्वारा महिला हिंसा विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभागले मोरङको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास मा.वि. कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि आइतबार विद्यालय परिसरमा सोही विद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहार लगायत देशैभरी भइरहेको यौनजन्य हिंसाविरुद्ध र्यालीसहित  विरोध प्रदर्शन गरेको छ ।

पोखराको कन्या क्याम्पस अगाडिबाट सुरु भएको छात्राहरुको विरोध र्याली पृथ्वीनारायण क्याम्पस अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो ।                         

विरोधको सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा विभाग प्रमुख कमला परियारले विद्यालयमा नै छात्राहरू असुरक्षित हुने परिस्थिति आउनु लज्जास्पद र निन्दनीय भएको बताइन् ।
यौनपिपासु, बलात्कारी जस्तो क्रुर अपराधी शिक्षकको भेषमा हुनुले हाम्रो समाजको वास्तविक मुखुण्डो उत्रेको बताउँदै पितृसत्ताको अहङ्कार र यौनपिपासु मानसिकताको भण्डाफोर गर्नुको विकल्प नभएको बताइन् । उनले सरकारले यस्ता घटनाको तुरुन्त कारबाही नगरे छात्राहरुको आन्दोलनको तागतले त्यस्ता शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिइन् ।

साथै परियारले केही दिनअघि मात्र अठार महिने बालिकाको बलात्कार पछि हत्या भएकोमा कडा विरोध जनाइन् । यौनदुर्व्यहार गर्ने शिक्षा विकास मा.वि. का शिक्षक मनोज पौडेलमाथि कडा भन्दा कडा कारबाही गर्न माग गर्दै विद्यालयमा छात्राहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिन् ।
कोणसभाको संचालन अखिल (क्रान्तिकारी) अमरसिंह मा.वि. मुल इकाई कमिटीका सह इन्चार्ज अङ्किता वाग्लेले गरेकी थिइन् ।
मोरङको सो घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थी तथा स्थानीयबासि र प्रहरीबिच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको थियो । झडपमा केही स्थानीय, विद्यार्थी र प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :