राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध कटारी बजारमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध कटारी बजारमा विरोध प्रदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनले उदयपुरको कटारी बजारमा राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट पारित भएको विरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

उदयपुरको कटारी नगरपालिकामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित राष्ट्रघाती एमसीसी विरुद्धमा आन्दोलनरत ६ दल र २ मोर्चा निकटका किसान सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिको आयोजनामा एमसीसीको बिरोधमा प्रदर्शनसहित सभा सम्पन्न भएको छ । बिरोध सभालाई संयुक्त सङ्घर्ष समितिका नेताहरूले सम्बोधन गरेका थिए ।

राष्ट्रघाती एमसीसी सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर रूपमा सङ्कट निम्त्याउने काम गरेको नेताहरूले बताएका थिए । उनीहरूले बिदेशीले दिएको सहयोगको लोभमा राष्ट्रलाई कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै जस्तो सुकै चुनौति आए पनि आफूहरू पछाडि नहट्ने र राष्ट्रघाती एमसीसी कुनै हालतमा कार्यान्वाय गर्न नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :