किसान माहासंघद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध दैलेखमा प्रदर्शन

किसान माहासंघद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध दैलेखमा प्रदर्शन

दैलेख : नेकपा निकट अखिल नेपाल किसान माहासंघ (क्रान्तिकारी) दैलेखले संसद्‌बाट पारित राष्ट्रघाती एमसीसीबिरुद्ध बिरोध प्रदशन गरेको छ ।

दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भएको बिरोध प्रदर्शन कार्यक्रममा जिल्ला सदस्य तथा गुराँस गाउँ समिति इन्चार्ज बिश्वले राष्ट्रघाती एमसीसी संसद्‌बाट पास गरेर देउवा सरकारले इतिहासकै ठूलो र जनतामाथि घात गरेकाले देश स्वाधिन बनाउन सम्पूर्ण देभभक्तहरू एकजुट हनुपर्ने बताए ।

अखिल नेपाल किसान माहासंघ (क्रान्तिकारी) दैलेखका संयोजक चन्द्र बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजकुमारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :