विभिन्न पार्टी परित्याग गरि १२ जना अखिल (क्रान्तिकारी) उदयपुरमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि १२ जना अखिल (क्रान्तिकारी) उदयपुरमा प्रवेश

उदयपुर : विभिन्न पार्टी निकट विद्यार्थी सङ्गठनमा आवद्ध नेताकार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) उदयपुरमा समाहित भएका छन् । बुधबार चौदण्डी गढी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उदयपुर जिल्ला सदस्य दुर्योधन आले मगरसहित रमेश बिष्ट, आशिष राई, रोसन राई, खिमबहादुर राई, अभिषेक राई, मिलन राई, ऋसिराम खत्री, मञ्जु बस्नेत, बिमल बिष्ट, जीवन खत्रीलगायत १२ जना अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) आम विद्यार्थी वर्गको हकहित अधिकार प्राप्तिको लागि डटेर लागिपरिरहेको छ । देशमा यतिबेला शिक्षा क्षेत्रमा तमाम खाले भएको बिकृति, बिसङ्गति र फोहरी प्रवृत्ति दिनानुदिन बढिरहेको अवस्थामा अखिल (क्रान्तिकारी) ले शैक्षिक क्षेत्रमा भएको दलालीकरण, माफियकरण, निजीकरण, भ्रष्टाचार ब्यापारीकरणलाई अन्त्य गर्नको लागि सडक सङ्घर्षमा उत्रिरहेको छ । त्यही शिलशिलामा उदयपुरमा विभिन्न पार्टी निकट विद्यार्थी सङ्गठन नेकपा निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठनमा तिब्र रूपमा प्रवेश गर्नेको सङ्ख्या बढिरहेको छ ।

नब प्रवेशीहरूलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य देहज बिष्ट र उदयपुर जिल्ला सचिव निशान कट्वाल र जिल्ला सदस्य मनिश बराईलिले खादा र टीका लगाएर सङ्गठनमा स्वागत गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य देहज बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :