सुर्खेतमा राष्ट्रघाती एमसीसीबिरूद्ध कोण सभा सम्पन्न

सुर्खेतमा राष्ट्रघाती एमसीसीबिरूद्ध कोण सभा सम्पन्न

सुर्खेत : राष्ट्रघाती एमसीसीको बिरूद्धमा संयुक्त जनआन्दोलन समिति सुर्खेतको आयोजनामा सुक्रबार सुर्खेतमा कोण सभा सम्पन्न गरिएको छ ।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश सचिव पूर्णबहादुर शाहीले जल, जङ्गल, जमिन, नदिनाला, खानी, जडिबुटी युरेनियम लगायतका साधनस्रोत कब्जा गर्ने लुट्ने उद्देश्यले आएको हुँदा एमसीसी खारेज हुनुपर्ने बताए । त्यसैगरी नेकपा माओवादी केन्द्र समाजवादीका कर्णाली प्रदेश इञ्चार्ज धर्मराज बेडुवालले एमसीसीलाई स्वायत्तता दिँदै नेपालका एैनकानुन संविधानलाई अधिन गर्ने कुचेष्टा भएकोले खारेज हुनुपर्ने बताए ।

यसैगरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सुर्खेत जिल्ला अध्यक्ष यमनले भारतमा आएर जसरी अंग्रेजले शासन गरेको थियो त्योभन्दा खतर्नाक तरिकाले आएकोले एमसीसी खारेज हुनुपर्ने बताए । यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य विप्लवले संसारका धेरै ठाउँमा सेना राखे जस्तै नेपाललाई पनि आइपिएसको अङ्ग बनाउँदै आफ्नो सेना ल्याएर चीनलाई घेराबन्दी गर्ने भएकोले एमसीसी खारेज हुनुपर्ने बताए ।

सुर्खेतको एरीचोकमा सुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म सम्पन्न उक्त कोण सभामा कबिता शाही र रमिता शाहीले एमसीसी बिरोधी देउडा गीत प्रस्तुत गरेका थिए भने केही गजल र कविता समेतको प्रस्तुति रहेको कार्यक्रमको सञ्चालन बिष्णुप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :