सहिदका बुबाप्रति नेकपा कपिलवस्तुद्वारा श्रद्धाञ्जली

सहिदका बुबाप्रति नेकपा कपिलवस्तुद्वारा श्रद्धाञ्जली

काठमाडौँ : सहिद चेतमान परियार ‘आकाश’ का बुबा कर्णबहादुर परियारप्रति नेकपा कपिलवस्तुले हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ ।

जिल्ला इन्चार्ज जुझारु र सेक्रेटरी कमलद्वारा बिहीबार जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य सहिद चेतमान परियार क. आकाशका बुबा शिवराज न.पा. वडा नं. ९ नारीकोट टोल निवासी कर्णबहादुर परियारको ६८ वर्षको उमेरमा हिजो फागुन ४ गते राती उपचारका क्रममा सञ्जीवनी हस्पिटल चन्द्रौटामा असामयिक निधन भएकोमा हाम्रो कपिलवस्तु पार्टी दुखित भएको छ । मृतक कर्णबहादुर परियारप्रति जिल्ला पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :